Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सिटिजन्स बैंक १६ औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई प्राथमिकता

सिटिजन्स बैंक १६ औं वर्षमा प्रवेश, डिजिटल बैंकिङ्गलाई प्राथमिकता

काठमाडौं, ७ वैशाख । सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । १६ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने हामीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएका छौं र त्यसलाई निरन्तरता दिनेछौं भन्ने कुरा स्वीकार गर्न पाउँदा खुशी लागेको छ । ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्छौं, यसैले हामी हाम्रा मूल्य मान्यताहरुलाई गम्भीर रूपमा लिन्छौं र सही कुरा गर्न प्रतिबद्ध छौ । यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमा जनताको विश्वास कायम राख्ने कुञ्जी भएको छ, जुन दीर्घकालीन सफलताको अभिन्न अंग भएको बताएका छन ।

१५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १३ लाख ५५ हजार गा्रहक महानुभावहरुलाई वितिय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा मार्फत चालु आर्थिक बर्षको तेसो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्व ३६ अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमा करिव रु १ अर्व ५८ करोड ९६ लाख मुनाफा गरेको छ ।
बैंकले १५ औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ ।


यसै त्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले भन्नुभयो मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको र आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुचमा ल्याईनेछ । ग्राहकहरुलाई धेरै च्यानलहरु मार्फत कहि पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य रहेको बैंकले बताएको छ । बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x