क्यान इन्फोटेक चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण
काठमाडौं, ११ वैशाख । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनमा अत्यधिक भिड रहेको छ । वुधवार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिवार सार्वजनिक विदा रहेकोले पनि अन्य दिनको तुलनामा सरकारी तथा गैर(सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड रहेको थियो ।
शनिबार मेलामा आएकाहरु अवलोकन गर्न पाउंदा निकै उत्साहित भएको बताएका थिए । कोरोना महामारीका कारण प्रदर्शनी यस अघि २ पटक स्थगित भएको थियो । कोरोना महामारी पछि शुरु भएको प्रदर्शनीमा आफुलाई उपयोगी हुने धेरै स्टलहरु रहेको र सुचना प्रविधिको बारेमा नेपालमा उपलब्ध पछिल्लो प्रविधिहरुमा जानकारी लिएको अवलोकनकर्ताहरुको भनाइ छ ।
क्यानका अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शनमा राखिएको बताउ छन । कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको बताएका छन । रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको छ । त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको समेत बताएका छन ।
प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सह–संयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए । ‘प्रविधिको प्रयोगबाट १ रुपैयाँ मै क्यान इन्फोटेक भिजिट गर्ने अवसर रहेको छ’ पोद्दारले बताएका थिए ।
इन्फोटेकमा आएका अवलोकनकर्ताहरु आफुसंगै चर्चित ब्यक्तित्वहरु पाउंदा झनै उत्साहित देखिन्थे ।
शनिबार नै डिस होमले नयाँ प्रडक्ट ‘क्याम्पस वाईफाई’ सार्वजनिक गरेको छ साथै शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेका कारण यी स्टलहरुमा अवलोकनकर्ताको अत्यधिक आकर्षण देखिन्थ्यो ।
प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान९नास्ट०को प्रविधि संकाय अन्तर्गत दक्षिण कोरियाली सरकारको औपचारिक विकास सहयोग मार्फत मुलुकमै उपलब्ध पहिलो घुम्ती सूचना पहुँच केन्द्रमा अवलोकनकर्ताहरुको आकर्षण देखिन्थ्यो ।
नास्टका प्रविधि संकाय प्रमुख डा। रविन्द्र ढकालका अनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो ।
वातानुकूलित बसभित्र बिद्यार्थीका लागि आवश्यक वाईफाई, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, प्रिन्टर, भिजुअलाइजर, साउण्ड सिस्टम, स्पिकर, शौचालय लगायतका सुविधाहरु उपलब्ध रहेको बताइएको छ । यस आईसीटी मोबाइल बसमा एक पटकमा १८ जनाले तालिम लिन सक्ने गरी संरचना बनाइएको छ ।
उपत्यका बाहिर ७४ जिल्लामा रहेको आफ्नो नेटवर्क मार्फत यातायात पहुँच भएका ७ वटै प्रदेशका स्थानीय तहसम्म प्रशिक्षकसहितको घुम्ती सूचना पहुँच केन्द्र मार्फत शहरी सुविधाबाट बञ्चित विद्यार्थी र अन्य जिज्ञासुलाई नास्टको बसभित्रै अनुशिक्षण कार्यक्रम बढाउने गरी क्यान र नास्टको सहकार्य हुने क्यान महासंघका महासचिव नारायण थापाको भनाई छ ।
“सूचना प्रविधिमैत्री बस” को बारेमा जानकारीका साथ कम्प्युटर सम्बन्धी आधारभूत तालिम अथवा कम्प्युटरका टिप्स एवं ट्रीक्सु पनि सिक्न सकिने ब्यबस्था नास्टले गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको प्रदर्शनी आगामी सोमबारसम्म जारी रहने छ ।