महानगरलाई बेरोजगारमुक्त बनाउँनेदेखि आइटी पार्क निमार्ण गर्ने
काठमाडौं, २० वैशाख । भरतपुर महानगर समितिले लोकतान्त्रिक बाम गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उक्त प्रतिबद्धतापत्र( घोषणापत्र) मा गोन्द्राङदेखि पुल्चोकसम्म ढलसहित ६ लेनको हाइवे बनाएको उल्लेख छ । भरतपुरमा खानेपानीका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनको जवाफमा संविधान विरोधीहरुको प्रतिगामी मोर्चा बनाइएको गठबन्धनको आरोप छ । राजाबादी शक्तिसँग तिनको खुला सहकार्य, समाजलाई विभाजन गर्ने तिनको षड्यन्त्र र संविधानलाई समाप्त पार्ने तिनको दुष्प्रयासलाई असफल पार्न पाँचदलिय गठबन्धन अझ सुदृढ बनाउँन जरुरी रहेको उल्लेख छ ।
अहिलेसम्म थप १ लाख १० हजार भरतपुरवासीसम्म शुद्ध पानीको पहुँच पुगिसकेको छ चौकीडाँडा, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, देवनगर, मंगलपुर, फूलवारी, पटिहानी, कैलाशनगर, ढोडेनी, आनन्दपुर र धनगढा क्षेत्रका अधिकांश खानेपानी आयोजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेको घोषणा पत्रमा उल्लेख छ ।
‘सड़क पूर्वाधार र यातायातमा त क्रान्ति नै ल्याएका छौं । देशै छक्क पर्ने गरी पछिल्ला पाँच वर्षमा ६२२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४५० किलोमिटर सडक ग्राभेल गरिएको छ ८८४ किलोमिटर लामो महानगरीय चक्रपथ परियोजना प्रारम्भ भई ४०५५ किलोमिटर चक्रपथ त बनिनै सकेको छ वाइपास रोडको विस्तार र स्तरीकरण गरिएको छ भने ३० किलोमिटर लामो भरतपुर मेघौली सडक जम्मा ३० मिनेटमै पुग्ने गरी पक्की सड़क निर्माण भइसकेको छ,’घोषणा पत्रमा भनिएको छ ।