Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महालक्ष्मी बैंकको विर्तामोड शाखा स्थानान्तरित

महालक्ष्मी बैंकको विर्तामोड शाखा स्थानान्तरित

काठमाडौं, २० वैशाख । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।
वैशाख २० गते मंगलबार आयोजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका छन ।

शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आएकाहरुलाई यस बैंकका सञ्चालक समितिका अध्यक्ष उपाध्यायले कृतज्ञता ज्ञापन गरेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे बताएका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x