Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने बेला भयो : अर्थमन्त्री शर्मा

राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने बेला भयो : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा शुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका हुन् ।

उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताए । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे ।

उनले यस्तो कुराहरुको लेखा परीक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने पनि बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको बताए । मन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x