बैंक मार्फत मात्र खर्च गर्न उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौं, २१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।

आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने लगायतका व्यवस्था निर्वाचन आचारसंहितामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *