त्रिभुवन विमानस्थलमा कल गरि बम विस्फोटको धम्की
काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको फोनले सिंगो मुलुक नै सशंकित बन्यो ( हिंसात्मक घटनाको त्रासले । विदेशी नम्बरबाट पुरुषको स्वरमा आएको फोन कलले विमानस्थलको सुरक्षा व्यवस्थालाई ठाडै चुनौती दिएको थियो । बिहान ९ बजेर ४० मिनेटमा विमानस्थलमा पहिलो फोन आयो सुरुमा ुसलामवालेकम ।ु भन्दै पुरुषले विमानस्थलमा बम राखेको जानकारी दिएका थिए । फोनमा बोल्नेले दुई घण्टाभित्र बम विस्फोट हुने भन्दै थप जानकारी दिएका थिए । त्यसपछि केही मिनेट अन्तरमा फेरि अर्को कल आयो । नेपाली भाषामा नै उनले विमानस्थलको सात ठाउमा बम राखेको सुचना दिएका थिए ।
विमानस्थलमा बम राखेको भनेपछि सबै सुरक्षा निकाय झस्किए र लगत्तै उड्न लागेका आन्तरिक उडानदेखि प्रतीक्षालयका कक्ष समेत खाली गरी बम खोज्न सुरक्षा निकाय परिचालन गरिएको थियो ।
करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोली सहित विमानस्थलमा खानतलासी गरेका तर, अज्ञात व्यक्तिले फोनमा भने झैँ विमानस्थलमा केही पनि भेटिएन । सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध भनेको विमानस्थल पुन सञ्चालन गरिएको बताइएको छ ।