Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एचआईडीसीएलको हाइड्रो भिलेजमा २० प्रतिशत लगानी

एचआईडीसीएलको हाइड्रो भिलेजमा २० प्रतिशत लगानी

काठमाडौं, २६ वैशाख । म्याग्दीको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले २० प्रतिशत स्वपुँजी लगानी गर्ने भएको छ ।


स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी ९पीपीपी० अवधारणाअनुसार एचआईडीसीएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो । लगानीसम्बन्धी सम्झौतामा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गरेका छन ।

एचआईडीसीएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि लगानी गर्दै जाने बताउँदै उनले भने, “कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौँ ।”


अब आयोजनामा हाइड्रो भिलेज, एचआईडीसीएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । एचआईडीसीएलले सुझाएजस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न कम्पनीले तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । साथै, अहिले आयोजनास्थलसम्म पहुँच पुग्नेगरी सडक निर्माणको कार्य भइरहेको कम्पनीको प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए ।


म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता ९पीपीए० भएको थियो । आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट ९३३४ गिगावाट घन्टा० विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर जोडिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x