Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेप्से १२.२७ अंकले बढ्यो

नेप्से १२.२७ अंकले बढ्यो

काठमाडौं, २६ वैशाख । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ अंकमा पुगेको छ ।


सोमबार २२२ कम्पनीको ३३ लाख २४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ३.१२ अंकले बढेर ४३९.४७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।

१३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन ९ समुहका कम्पनीको कारोबार बढेको छ भने ४ समुहका कम्पनीको कारोबार घटेकोे छ ।

माइक्रोफानान्स कम्पनी समूहको कारोबार सबै भन्दा धरै ६०.७५ अंकले बढेको छ भने यस्तै यस दिन सबै भन्दा धेरै जिवन बीमाको कम्पनी समुहको ८२.१२ अंकले घटेर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x