सुनको मूल्य एक हजारले घट्यो
काठमाडौं, २८ वैशाख । साताको चौंथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबारको तुलनामा यस दिन छापावाला सुनको प्रतितोला १ हजारले घटेको छ भने यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार मूल्य घटेर सुन प्रतितोला ९७ हजार र चाँदीको प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।