Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन : निर्वाचन आयोग

२ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन  : निर्वाचन आयोग

काठमाडौं, २८ वैशाख । निर्वाचन आयोगले बुधबार र बिहीबार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।


नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।


स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ ।


अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाइएको आयोग बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x