Shangrila

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त मनमैजुबाट पक्राउ

काठमाडौं, २८ वैशाख । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका (२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको बताइएको छ ।
उनलाई उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै ३ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उनले पीडीतलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्यानमा पारेको प्रहरीको दाबी छ । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यरोले जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *