श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं, २८ वैशाख । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गराइएको छ ।

धनगढी गइरहेको अवस्थामा जहाजको इन्जिन फेल भएपछि जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

जहाज ८० जना यात्रु लिएर उडेको थियो । जहाज क्याप्टेन बी. राजवंशीले उडाइरहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौंबाट उडेर १३ माइलमा पुगेपछि बायाँ इन्जिनमा समस्या आयो । त्यसपछि त्यो इन्जिन सर्ट डाउन गरेर काठमाडौंमा अवतरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *