सुनको मूल्य ८ सयले बढ्यो
काठमाडौं, २९ वैशाख । साताको पाचौं दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबारको तुलनामा यस दिन छापावाला सुनको प्रतितोला ८ सयले बढेको छ भने यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
बुधबार छापावाला सुन प्रतितोला ९७ हजार र चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार मूल्य बढेर सुन प्रतितोला ९७ हजार ८ सय र चाँदीको प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।