सुन प्रतितोला ९८ हजारमा कारोबार
काठमाडौं, ८ जेठ । यस साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको छ ।
शुक्रबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य प्रतितोला ७ सयले बढेको छ भने यस्तै चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ३ सय र चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज आइतबार सुनको मूल्य बढेर प्रतितोला ९८ हजार र चाँदीको मूल्य स्थिर रहेर १२ सय ७० रुपैयाँमानै कारोबार भएको महासंघले जनाएको छ ।