Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

काठमाडौं महानगरले सार्वजनिक बिदाको दिन आइतबार पनि सेवा दिने

काठमाडौं महानगरले सार्वजनिक बिदाको दिन आइतबार पनि सेवा दिने

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । महानगरको राजस्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।

नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको जनाएको छ । केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x