स्वीजरल्यान्डको ८६ करोड अनुदान सहायता स्वीकार
काठमाडौं, ९ जेठ । सरकारले स्वीजरल्यान्डबाट प्राप्त सहयोग अनुदान स्वीकार गरेको छ । सोमबार मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने करिव ८६ करोड १३ लाख अनुदान साहयता स्वीकार गर्ने निर्णय भएको बताएका हुन ।
सो रकम वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि साहयता रकम स्वीकार गरिएको बताए ।
यस्तै सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्व ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गरेको उनले जानकारी दिएका छन ।