नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर
काठमाडौं, १४ जेठ । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको थियो ।