Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

बजेट : अब वृद्धभत्ता ६८ बर्षमै !

बजेट : अब वृद्धभत्ता ६८ बर्षमै !

काठमाडौं, १५ जेठ । सरकारले आज सार्वजनिक गर्न लागेको आगामी आर्थिक वर्ष २०७९–८० को बजेट मार्फत सरकारले वृद्धभत्ता पाउने उमेर घटाउने तयारी गरेको बुझिएको छ । हाल ७० वर्ष उमेर पुगेका नागरिकले वृद्धा भत्ता पाउने गरेकामा अब ६८ वर्ष उमेर पुगेकाले त्यो सुविधा पाउने व्यवस्था गर्न लागिएको बुझिएको छ ।

वृद्धभत्ताको रकम बढाउने वा पाउँने उमेर घटाउने भन्नेमा राजनीतिक दलहरु विगतदेखि नै प्रतिष्पर्धामा उत्रिने गरेका छन् ।

चालू आर्थिक वर्षको बजेट मार्फत नै सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढाएर ४ हजार रुपैयाँ पुर्याएकोछ । करिब १३ लाख नागरिकका लागि ६२ अर्ब रुपैयाँ छुट्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x