प्राधिकरणले हटायो इनरुट मौसमको कडाई
काठमाडौं, उच्च पहाडी तथा दुर्गमको उडान नै बन्द हुने अवस्थामा पुगेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले इनरूट मौसममा गरेको कडाई हटाएको छ ।
तारा एयरको विमान पोखरा जोमसोमका क्रममा मुस्ताङको थासाङ २ मा दुर्घटना भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले भीएफआर उडान हुने सबै विमानस्थलमा इनरूट मौसमको विवरण बुझाइ मौसम सफा भएको अवस्थामा मात्रै उडान गर्न पाउने निर्णय गरेको थियो ।
प्राधिकरणले १७ जेठमा गरेको निर्णय परिर्माजन गरेको जनाएको छ । प्राधिकरणले उडान भने विमानस्थल तथा अवतरण हुने विमानस्थलसँगै रुटको समेत विवरण बुझाइ उडान अवतरण लिनु पर्ने निर्णय परिमार्जन गरेको थियो ।
सबैजस्तो गन्तव्यमा यात्रु समस्यामा भनेर समाचार आउने थालेपनि प्राधिकरणले निर्णय सच्चाउन बाध्य भएको हो ।
इनरुट मौसम कर्डा गरेसागै एयरलाइन्स कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले पनि व्यवस्थाको विरोध गरेको थियो । साथै जल तथा मौसम विभागले पनि इनरुट मौसम विवरण दिन नसक्ने भन्दै सूचना प्रकाशन गरेको थियो ।
सबैतिरबाट प्राधिकरणले गरेको निर्णय विरोध भएपछि प्राधिकरणले निर्णय सच्याउँदै सबै विमानस्थल कार्यालयहरुलाई सकुलर गरेको छ ।
प्राधिकरणले इनरुट मौसम भन्नाले जल तथ मौसम पूर्वनुमान महाशाखाबाट उपलब्ध गराउने सम्बन्धित विमानस्थल अवस्थित प्रादेशिक सेक्टर मौसम सम्झिनु पर्ने व्यहोरा निर्देशनानुसार व्यहोरा गरिन्छ भन्दै सर्कुलर गरेको हो ।