प्राइमलाइफ इन्स्योरेन्स १४औँ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश
काठमाडौं, २२ जेठ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४ वर्ष पूरा भई १५ औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा जेठ २० गते कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला संखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाई दुवै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको छ ।
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरै बाट बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने बताएको छ । यस्तै अन्य सम्बद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए ।
यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।