Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

लक्ष्मी बैंकले ल्यायो ग्रीन सेभिङ खाता, ८.०३ प्रतिशत ब्याज पाउने

लक्ष्मी बैंकले ल्यायो ग्रीन सेभिङ खाता, ८.०३ प्रतिशत ब्याज पाउने

काठमाडौं, २२ जेठ । लक्ष्मी बैंकले विश्व वातावरण दिवसको अवसरमा वातावरणमैत्री हरित बचत (ग्रीन सेभिङ) खाता पुनस् संचालनमा ल्याएको छ। बैंकले यस अघि पनि यो खाता संचालनमा ल्याएको थियो। बैंकका अनुसार यो खातामा ग्राहकले ८.०३ प्रतिशतको उच्च ब्याज पाउनेछन्।

ग्रीन बैंकिङ प्याकेज मोबाइल मनी र इन्टरनेट बैंकिङ पनि निस्शुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले एक खाता एक रुखको प्रतिवद्धता अनुसार ग्रो ग्रीन अभियानमा सहयोग पुर्याउन ग्रीन सेभिङ खाता वापत बैंकले एउटा रुख रोप्नेछ।


यो खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय उर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरित गृह ग्यास न्यूनीकरण लगायतका क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बैंकले आफ्नो ओरेन्ज (लभ्स ग्रीन) को दिगो प्रतिवद्धतालाई निरन्तरता दिने जनाएको छ। यो प्रतिवद्धता अन्तर्गत बैंकले कार्वन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसीपमा समेत सामेल रहेको बैंकले जनाएको छ। बैंकले औपचारिक रुपमा आफ्नो कार्वन उन्सर्जन मापन गर्ने र राष्ट्रिय प्रतिवद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरु अपनाउने जनाएको छ।


बैंकले ग्रीन बैंकिङ प्रोत्साहन गर्न मोबाइल मनी द्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १० प्रतिशत प्रतिव्यक्ति ५० रुपैयाँसम्म तत्कालै छुट पाइने जनाएको छ। त्यो वाहेक सोही दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा बैंकको ग्रीन प्याकेज ९जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरु पर्दछ० १ वर्षको लागी निःशुल्क नविकरण गर्न पनि सक्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x