Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

बजेटले समस्यामा परेको ध्यू तेल उत्पादक संघको आरोप

बजेटले समस्यामा परेको ध्यू तेल उत्पादक संघको आरोप

काठमाडौं, २२ जेठ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले प्रशोधित वनस्पति घ्यूतेलको भन्सार महशुलमा गरेको संशोधनको नेपाल नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले विरोध गरेको छ । कच्चापदार्थको भन्दा प्रशोधित वस्तुको भन्सार महशुल एक तह बढी हुनुपर्ने नियम विपरीत सरकारले प्रशोधित पाम र पामोलिन तेलको आयातमा भन्सार घटाएको छ । संघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो व्यवस्थाले पार्ने असरबारे सरकारको ध्यानाकर्षण गराएको छ ।


अहिले पाम र पामोलिनको कच्चापदार्थको आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । तर त्यसैको तयारी वस्तुमा सरकारले ५ प्रतिशत मात्र भन्सार तोकेकोमा संघले विरोध गरेको हो । यसबाट ठूलो रकम विदेशिने, सरकारको राजस्वमा गम्भीर असर पर्ने र स्वदेशी दर्जनौं उद्योग धराशयी हुने संघको ठहर छ । यसको समाधान नभए समग्र अर्थतन्त्र नै प्रभावित हुने संघले औंल्याएको छ ।

नेपालबाट चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको संघको तथ्यांक छ । बजेटको नीतिगत व्यवस्थाले यसमा उल्लेख्य कमी आउने भन्दै सो व्यवस्था अविलम्ब सच्याउन संघले माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x