कुमारी बैंकको २० प्रतिशत हकप्रदको बिक्री खुल्ला
काठमाडौं, २८ वैशाख । कुमारी बैंक लिमिटेडको हकप्रद शेयरको बिक्री खुल्ला भएको छ । बैंकले १० बराबर २ कित्ता अर्थात २० प्रतिशत हकप्रद शेयर वैशाख २८ गतेबाट बिक्री खुल्ला गरेको छ । सो हकप्रद शेयरको बिक्री बन्द जेठ ३१ गते रहेको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयरको लागि आवेदकहरुले कुमारी बैंकको सम्बन्धित शाखाहरु र एनआईबिएल एस क्यापिटलको शाखाहरु मार्फत आवेदन दिने सकिने जनाइएको छ ।
कुमारी बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी ८ अर्ब रुपैयाँको लागि अपुग ८५ करोड रुपैयाँ बैंकले बोनस शेयर मार्फत पुर्याउने जनाएको छ ।