सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम
काठमाडौं, २२ जेठ । सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मूख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो भने लम्जुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।
जनमानसमा बीमाको महत्व, बीमा दाबी भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको सो कम्पनीले बताएको छ ।