Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २७ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीवार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।
आयल निगमले पेट्रोलमा प्रतिलिटरको ८ रुपैयाँ तथा प्रतिलिटर मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको बताएको छ ।

सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले फेरि बढाएको हो । सरकारले गत जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

अव नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

निगम सञ्चालक समितिले अन्तरराष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको इण्डियन आयल कर्पोरेसन(आईओसी) लाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको भन्दै मूल्य बढाउने निर्णय गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x