जनरल इन्स्योरेन्सको चौंथो साधारणमा वार्षिक प्रतिवेदन उपर छलफल
काठमाडौं, १ असार । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थान मा सम्पन्न भएको छ ।
सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको बताइएको छ ।
त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष एनएफआरएस सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको बताइएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भएको हो । उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसि नेपाल नामक एप संचालनमा ल्याएको छ ।