Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ

कीभ (युक्रेन) २ असार । संयुक्त राष्ट्रसंघीय युक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।

आयोगका अध्यक्ष एरिक मोसेले कीभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ । खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ । अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।’

तर मार्चमा कीभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको उनले बताए । ‘आयोगले संकलन गरेको प्रमाणहरू युद्ध अपराध र मानवताविरुद्ध अपराधसहित मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई पुष्टि गर्न सक्ने आधारहरू बन्न सक्छन्,’ उनले भने ।

बुचा, इर्पिन, खार्किभ र सुमिको भ्रमणका क्रममा आयोगले नागरिकबाट साक्षी बयान संकलन गर्नुका साथै स्थानीय अधिकारी तथा नागरिक समाजका संगठनहरूसँग पनि भेटघाट गरेको थियो ।

संयुक्त राष्ट्रसंघको अनुगमन युक्रेनमा संभावित युद्ध अपराधको विभिन्न अन्तर्राष्ट्रिय अनुगमनहरूमध्ये एक हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x