Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

ग्लोबल आइएमई–बीओकेबीच मर्जर सम्झौता, चुक्तापूँजीको आधारमा सर्वाधिक ठूलो बैंक बन्ने

ग्लोबल आइएमई–बीओकेबीच मर्जर सम्झौता, चुक्तापूँजीको आधारमा सर्वाधिक ठूलो बैंक बन्ने

काठमाडौं, २ असार । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) मर्जरमा जाने भएका छन् । यस सम्बन्धमा बिहीवार दुई बैंकबीच बराबरी हैसियतमा मर्जर जान समझदारी भएको छ । मर्जरसम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा जाने सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेपछि यी दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएको हो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बिओके बैंक हुनेछ । नयाँ बैंकको प्रमुख कार्यकारी (सीईओ)मा ग्लोबल आइएमईका रत्नराज वज्राचार्य रहनेछन् ।

मर्जरपछि बैंकको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । मर्जरपछि पूँजीकोष ५२ अर्ब २९ करोड रुपैयाँको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x