Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बुटवलस्थित ड्रिम होटलमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

बुटवलस्थित ड्रिम होटलमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं, २ असार । कुमारी बैंक र बुटवलस्थित ड्रिम होटलबीच बैंकका ग्राहकहरूलाई होटेलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन्।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको विषयलाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले सहकार्य गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अब कुमारी बैंकका ग्राहकहरूले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरूमा छुट पाउने भएको हो। बैंकको डेबिट(क्रेडिट कार्डवाहकहरूले उक्त होटेल बसाइमा रुम शुल्कमा १५ प्रतिशत, खानपानमा १० प्रतिशत र बेभरेजमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले हाल देशव्यापी रहेको आफ्नो १९७ शाखा कार्यलयहरू, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा पुर्‍याइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x