Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नबिल बैंकको क्युआर कारोबारमा आधारित क्यासब्याक योजना सुरू

नबिल बैंकको क्युआर कारोबारमा आधारित क्यासब्याक योजना सुरू

काठमाडौं, २ असार । नबिल बैंकले महिला तथा युवा क्युआर मर्चेन्ट लक्षित क्युआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ।

बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित ुक्युआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धनु परियोजना अन्तर्गत यो योजना सुरू गरिएको हो। विशेषगरी कोभिड(१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरू गरिएको हो।

युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी जसको आफ्नो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् उनीहरूलाई बुझ्नुपर्छ।

एक महिनाको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्युआर मर्चेन्टले गर्ने पहिलो क्युआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार दुई सय रूपैयाँ फिर्ता दिइनेछ। यो योजना असार महिनाभर लागू हुने बताइएको छ।

वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमी लक्षित यस योजनामार्फत बैंकले त्यस्ता उद्यमीहरूलाई बैकिङ च्यानलमा भित्र्याउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरूलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू मार्फत आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x