Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सात वटै प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट

सात वटै प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट

काठमाडौं, २ असार । सात वटै प्रदेशका सरकारले कुल ३ खर्ब ५ अर्ब २१ करोड रुपैयाँको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि सबै प्रदेश सरकारले बजेट प्रस्तुत गर्दै चालु वर्षको भन्दा ४३ अर्ब ७९ करोड रुपैयाँ बढाएका छन् ।

संघ र प्रदेशको चुनावको तयारी भइरहेको छ । यस्तो अवस्थामा ल्याइएको बजेटमा १६ प्रतिशतले आकार बढाइएको छ । केन्द्र सरकारले अनुदानमार्फत गत वर्षभन्दा २६ अर्ब रुपैयाँ बढी र राजस्व बाँडफाटबापत २१ अर्ब रुपैयाँले बढ्ने गरी बजेट दिएकोमा प्रदेश सरकारले करिब ४४ अर्ब रुपैयाको बजेट बढाएका छन् ।

प्रदेश सरकारको स्रोतमध्ये राजस्व बाँडफाँड र अनुदानको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसपछिको मुख्य स्रोत चालु वर्षको बचत बजेट रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x