मुक्तिनाथ बैंक र नेपाल प्रहरीको साझेदारी
काठमाडौं, ५ असार । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत कार्यक्रममा महानगरीय पहरी वृत्त मालीगाँउ सँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क ,प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तानतरण गरेको छ ।
यो सहयोगबाट मुक्तिनाथ बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने , जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटएिम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वक आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिन बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।