Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमबि बैंकले ल्यायो मुद्दतीमा डब्बल प्रतिफलको योजना

एनएमबि बैंकले ल्यायो  मुद्दतीमा डब्बल प्रतिफलको योजना

काठमडौं, ५ असार । एनएमबि बैंकले आफ्ना ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेकोे छ ।


“एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ । त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।


सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशत सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशत सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।


एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x