नाडा अटो शो २०२२ को स्टल बुकिङ्गमा उल्लेखिय सहभागिता

काठमाडौं, ५ असार । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा भाद्र ७ देखि १२ गते सम्म आयोजना गरिने “नाडा अटो शो २०२२”को गत हप्ता खुल्ला गरिएको स्टल बुकिका लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

चार दिनकालागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको थियो ।

बिहिबार असार २ गते गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँड-फाँड गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *