सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, ८ असार । यस साताको चौंथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबारको तुलनामा यस दिन छापावाला सुनचाँदीको प्रतितोला ४ सय र चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७ सय र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बुधबार मूल्य घटेर सुन प्रतितोला ९७ हजार ३ सय र चाँदीको प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।