सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, १३ असार । यस साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबारको तुलनामा यस दिन छापावाला सुनचाँदीको प्रतितोला ४ सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ३ सय र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सोमबार मूल्य बढेर सुन प्रतितोला ९७ हजार ७ सय र चाँदीको प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।