एनआईसी मोबाइल बैंकिङमार्फत एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशत ‘क्यास ब्याक’
काठमाडौं, १३ असार । एनआईसी एसिया बैंकले एनआईसी मोबाइल बैंकिङ बैंक एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने योजना सार्वजनिक गरेको छ ।
उक्त योजना असार १८ गतेसम्म लागू हुनेगरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङमार्फत टिकट बुकिङ गर्दा पहिलो टिकट बुकिङमा ५०० रुपैयाँ अधिकतम एवं दोश्रो पटकबाट १०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।