Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यौन हिंसाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराइने

यौन हिंसाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराइने

काठमाडौं, २४ असार । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो । 

समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरेर समितिले पीडितलाई क्षतिपूर्ति पीडकबाट नभई राज्य  कोषबाट उपलब्ध गराउने निर्णय गरेको हो ।

पीडकबाट कारबाही स्वरुप प्राप्त हुने रकम राज्य कोषमा जम्मा गर्ने र त्यसबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने समितिले निर्णय गरेको हो ।
विद्यमान कानुनअनुसार पीडितलाई पीडकबाट क्षतिपूर्ति दिलाउने व्यवस्था छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x