नेप्से परिसूचक करिब ३५ अंकले ओरालो
काठमाडौं, २४ असार । यस साताको छैटौं कारोबार दिन शुक्रबार शेयर कारोबार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३४.७० अंकले घटेर १९९२.६२ अंकमा पुगेको छ ।
शुक्रबार २१७ कम्पनीको ३० लाख ६३ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ८४ लाख ४२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ५.६० अंकले घटेर ३७९.८९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.७५ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार १९३.०७ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.९१ अंकले बढी हो ।