१० खर्ब ३५ अर्ब राजस्व संकलन
काठमाडौं, ३२ असार । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेको थियो । सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन २ दिन बाँकी हुँदा १० खर्ब ३५ अर्ब रुपैयाँ संकलन भएको छ ।
कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा असार ३० सम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको ८७ दशमलव ७ प्रतिशत हो । कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजस्व संकलन गर्ने लक्ष्यमा हालसम्म ९ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ८९ दशमलव ६५ प्रतिशत हो ।
गैरकर राजस्वतर्फ १ खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७७ अर्ब १९ करोड ७ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ६९ दशमलव २३ प्रतिशत बराबर हो ।