म्यानको प्रबन्ध समितिमा विश्वमोहन अधिकारी मनोनित
काठमाडौं, १२ साउन । नेपाल व्यवस्थापन संघ (म्यान)प्रबन्ध समितिको सदस्यमा विश्वमोहन अधिकारी मनोनित भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक रहेका अधिकारीलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा संघमा मनोनयन गरिएको हो ।
मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले उनलाई सरकारको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । नेपाल व्यवस्थापन संघको विधानले संघको प्रबन्ध समितिमा १९ जना रहने व्यवस्था गरेको छ । जसमध्ये १७ जना निर्वाचित भएर आउँछन् । लबाँकी २ जनामध्ये निवर्तमान सभापति पदेन सदस्यको रुपमा रहने व्यवस्था छ भने नेपाल सरकारबाट मनोनित भएका एकजना व्यक्ति सरकारको प्रतिनिधिको रुपमा रहने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार उनलाई सरकारी प्रतिनिधिको रुपमा प्रबन्ध समिति सदस्यमा मनोनित गरिएको हो । उनको कार्यकाल २ वर्षको हुनेछ ।