सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो
काठमाडौं, १२ साउन । यस साताको पाँचौं कारोबार दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला ८ सयले बढेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर कारोबार भएको छ ।
यस्तै बुधबार छापावाला सुन प्रतितोला ९४ हजार र चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पाँचौं दिन शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार ८ सय र चाँदीको मूल्य पनि बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।