Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण

माछापुच्छ्रे  बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण

काठमाडौं, १२ साउन । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रकम भुक्तानी गरेको छ । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।


बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्र्तगत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाख सम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजार सम्मको अस्पताल भर्ना खर्च र १० हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x