Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

काठमाडौं महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x