Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्से १५ अंकले बढ्यो, कारोबार करिब ५ अर्बको

नेप्से १५ अंकले बढ्यो, कारोबार करिब ५ अर्बको

काठमाडौं, १२ साउन । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ अंकमा पुगेको छ ।


बिहीबार २२१ वटा कम्पनीको १ करोड १९ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक २.७० अंकले बढेर ४०५.६२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.६७ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १० समूहका कम्पनीको कारोबार बढेको छ भने ३ समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै जिवन विकास बैंक समूहका कम्पनीको कारोबार ८४.३८ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x