Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहने

सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहने

काठमाडौं, १३ साउन । सन् २०२२ को सु?का महिनामा विश्व अर्थतन्त्रमा सुधारका केही संकेत देखिए पनि त्यसपछिका महिनामा भने जोखिम देखिन थालेको अन्तरराष्ट्रिय मुद्रा कोषले बताएको छ । ययसँगै समग्रमा सन् २०२२ मा विश्वको अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहने कोषले प्रक्षेपण गरेको छ ।

कोषले मङ्गलबार सार्वजनिक गरेको संशोधित ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको उल्लेख गरेको हो । खासगरी चीन र ?समा आएको मन्दीबाट उत्पादनमा संकुचन आएको र विश्वका ठूला अर्थतन्त्रले उच्च मुद्रास्फीति सामना गरिरहनुपरेकाले पनि विश्व अर्थतन्त्रमा समस्या देखिन थालेको आईएमएफको प्रतिवेदनमा उल्लेख छ । ?स र युक्रेनबीचको युद्धका नकारात्मक असरबाट पनि विश्व अर्थतन्त्र प्रभावित बनेको जनाइएको छ ।
कोभिड महामारीबाट ठूलो क्षति बेहोरेर तंग्रिने प्रयत्नमा रहेको विश्व अर्थतन्त्रका लागि पछिल्लो परिवेश सहज नरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस वर्षको सु?वातमै न्यून वृद्धि, घट्दो क्रयशक्ति र कसिलो मौद्रिक नीतिका कारण संयुक्त राज्य अमेरिकाको वृद्धिदर नै १.४ प्रतिशत बिन्दु तल झरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी र घरजग्गा कारोबारमा छाएको मन्दीले गर्दा चीनले पनि आफ्नो वृद्धिदरलाई १.१ प्रतिशतले संशोधन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x