Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

माछापुच्छ्रे बैंक र फेकन बीच सम्झौता

माछापुच्छ्रे  बैंक र फेकन बीच सम्झौता

काठमाडौं, ५ भदौ । माछापुच्छ्रे बैंक लिमिटेड र फ्री एजुकेशनल कन्सलटेन्सिस् अर्गनाजेशनल नेपाल (फेकन ) बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् ।


सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा विशेष सहुलियत प्रदान गर्ने बताएको छ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।


माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x