Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

गरिब परिवार परिचयपत्र वितरण शुरू, पहिलो चरणमा २ लाख २३ हजारले पाउने

गरिब परिवार परिचयपत्र वितरण शुरू, पहिलो चरणमा २ लाख २३ हजारले पाउने

काठमाडौं, १६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब परिवार परिचयपत्र वितरण शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले बुधवार यसको शुरुवात गरेकी हुन् ।

गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण काम सरकारले योजना बनाएर गर्न शुरू गरिसकेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा २ लाख २३ हजार तीन सय ३० गरिब घरपरिवारलाई उक्त परिचयपत्र वितरण गरिनेछ । २३ जिल्लाका दुई सय १४ स्थानीय तहबाट ११ लाख आठ हजार आठ सय ३६ घर परिवारको तथ्यांक संकलन गरी उक्त संख्यामा गरिब परिवार पहिचान गरिएको बताइएको छ ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको बताएकी छिन् । यस्तै भूमिसँग जोडिएका सबै खालका समस्या आगामी दुई वर्षभित्र समाधान गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले यही आर्थिक वर्षभित्र तीन सय पालिकाकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने दाबी गरेकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x