Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

निर्वाचन आयोगले उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार दिने

निर्वाचन आयोगले उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार दिने

काठमाडौं, ६ कात्तिक । निर्वाचन आयोगले उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार रुपैयाँको पुरस्कार राशी तोकेको छ । निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि आयोगले राम्रा टिकटक बनाउने पाँच जनालाई जनही ५० हजार रुपैयाँको दरले पुरस्कृत गर्ने जनाएको छ ।

आगामी निर्वाचनको तिम्ति निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि उपयुक्त टिकटक बनाउन चाहनेलाई कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानामा टिकटक पठाइदिन अनुरोध गरिएको छ । टिकटकले मुख्यगरी निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयलाई समेट्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

भिडियो आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित मौलिक हुनुपर्ने, सम्वादमूलक र सन्देशमूलक हुनुपर्ने र मतदाता जागरण गराउने खालको हुनुपर्ने शर्त राखिएको छ । एक जनाले बढीमा पाँच वटा भिडियो पठाउन सक्ने र भिडियोमा दुई वा सोभन्दा बढी जना भए पनि त्यस्तो भिडियो पाँँच वटासम्म पठाउन मिल्ने बताइएको छ ।

टिकटक भिडियो २० सेकेण्डदेखि १ मीनेटसम्मको मात्रै हुनुपर्ने र आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरुमा पनि टिकटक बनाउन सकिने शर्तमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *